कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ फेरि मन्त्री बन्दै,आजै सपथकाे तयारी


काठमाण्डु – नेकपा माओवादी केन्द्रका सांसद जीवन आचार्य कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका छन् ।आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भइरहेको छ । शुक्रबारै उनी मन्त्री बन्ने टुंगो लागेको भएपनि आज सपथ गराउने तयारी गरिएको हो।

उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री भएका आचार्य उद्धव थापा नेतृत्वको सरकारमा पनि मन्त्री बन्न लागेका हुन् । आचार्य पार्टीको नेतृत्व गर्दै सरकारमा जानेछन् ।

माओवादीमा यसअघि मन्त्री भएका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्यलाई पठाउने कि नयाँ मान्छे पठाउने भन्ने विवाद थियो । विवादका कारण माओवादीले नाम नपठाएपछि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेसका सुनुवार र नेकपा एकीकृत समाजवादीका जवेगुलाई विना विभागीय मन्त्रीको शपथग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement