निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ : प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । शुक्रबार गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेकाे अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ।’उनले आगामी निर्वाचन अग्रगमन र पश्चगमन बीचको लडाइँ भएको बताए।

उनले कम्युनिष्टलाई एकबद्ध गरेर जाँदा आफूहरुले प्रधानमन्त्री र नेताको रुपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको बताए। ओलीले प्रतिगमन गरेपछि हामीले ठुलो संघर्ष गरेपछि परास्त गर्न सफल भएको दाबी गरे। प्रचण्डले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए। गोरखाको जित संसारले देख्नुपर्छ।

यहाँ हामीले राम्रोसँग मतदान गर्यौँ भने यसको सन्देश संसारभर जान्छु, उनले भने, सुरेन्द्रराज पाण्डेले जितेपछि गण्डकीको मुख्यमन्त्री बन्नेछन्। यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
Advertisement