राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न : अध्यक्ष  प्रचण्ड


काठमाण्डु –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गर्न नहुने बताएका छन्।

पाँच दिने जापान भ्रमण सकेर बुधबार नेपाल फर्किएका प्रचण्डले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताएका हुन् ।

प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समुदायसँग विशेष अन्तरक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरू धेरै खुसी भएको पाएको बताए। त्यस्तै उनले जापानको संसद् भवनको अवलोकन गरेको र सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग छलफल गरेको र दुई पक्षीय सम्बन्धमा बारेमा चर्चा भएको जानकारी दिए।

सो क्रममा जापानको संसदीय टोलीलाई चुनावको परिवेक्षणका लागि नेपाल आमन्त्रणको निम्तो दिएको उनले बताए । उनले नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको धारणा पनि राखे।

यसका साथै प्रण्डले फोहो व्यवस्थापनकै लागि जापानसँग सहयोग मागेको बताएका छन् । ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौं । जापान फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ । कतै फोहोर नै नदेखिने बनाएका रहेछन्,’ उनले भने ।

जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको प्रचण्डले बताए ।  प्रचण्ड साउन २१ गते नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा त्यसतर्फ गएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement