माओवादीमा प्रचण्ड बने संसदिय दलको सर्वसम्मत नेता


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदिय दलको नेता चयन भएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई आईतबार सर्वसम्मत दलको नेता चयन गरिएको हो ।

नेकपा(माओवादी केन्द्र)को संसदीय दलको सिंहदरबारमा बसेको पहिलो बैठकले प्रचण्डलाई दल नेता चयन सांसद अमनलाल मोदीले जानकारी दिए ।

 

माओवादीमा दल नेताको लागी कोही पनि आकांक्षी नभएकाले प्रचण्ड नै सर्वसम्मत दल नेता चयन भएका हुन । माओवादीका प्रत्यक्ष ३६ र समानुपातिकतर्फ १७ गरि जम्मा ५३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement