प्रचण्डलाई संगीन आरोप लगाउदै पुर्व पर्यटनमन्त्री विष्टले छोडे माओवादी केन्द्र


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता एवंम् पुर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्र,एमाले र नयां शक्तिबीच चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयको विष्टले विरोध गर्दै आएका थिए ।

 

 

उनले पार्टीको साधारण सदस्य समेत नबस्ने भन्दै सवै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन । विष्ट माओवादीमा केन्द्रिय कार्यालय सदस्यका साथै पर्यटन विभागको प्रमुख थिए ।

 

 

विष्टले पार्टी नेतृत्व पद्धतीमा नचलेको र आजिवन कुर्सीमा वस्न खोजेको आरोप समेत लगाएका छन् । उनले आफु सर्वसाधारण भएर बस्ने समेत बताएका छन् । विष्टले प्रचण्डलाई घुमाउरो भाषामा सत्ताका लागी जे पनि गर्न खोजेको आरोप लगाएका छन् ।

 

 

 ‘म अव यही पार्टीमा बसेर क्रान्ति के का लागी भएको हो भनेर जवाफ दिन् सक्ने अवस्थामा छैन्,त्यसैले नागरिक जिवन बिताउने निर्णय गरेको हु ।’ विष्टले काठमाडौंपाटीसंग भने ।

 

नेता विष्ट यसअघि पनि पार्टी त्यागेर घर बसेका थिए । उनले काभ्रेमा धान खेती समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement