प्रचण्ड र माधव नेपालसंग चिनियां राजदूतको भेटवार्ता


काठमाण्डु – चिनियां राजदूत हो यान्छी फेरी सक्रिय भएकी छन् । एमसीसी सम्झौतालाई टेबल गर्ने तयारी भइरहेको बेला उनले सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसंग भेटवार्ता गरेकी छन् ।

उनले शनिवार दुवै नेतालाई भेटेको स्रोतले दावी गरेको छ । तर, दुवै नेताको सचिवालयले भने यसबारेमा कुनै आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन । समाजवादी पार्टीले एमसीसी टेबल गर्ने निर्णय भएलगत्तै उनले अध्यक्ष नेपाललाई भेटेकी हुन । एमसीसी टेबल गर्ने विषयमा समाजवादीभित्र बिवाद देखिएको छ ।

चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपाल माथि बढाएको दबाबप्रति शुक्रबार असन्तुष्टी जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने जनाएको थियो । चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेनमा बोल्दै यस्तो टिप्पणी गरेका थिए ।

उनको टिप्पणीपछी चिनियां राजदूतको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement