नेपाल आदिकालदेखि नै एकताबद्ध राष्ट्र बन्न सफल भएको हो : प्रचण्ड


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन अपील गरेका छन् ।

मंगलबार शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरस संक्रमणका कारण अझै सहजरूपमा चाड मनाउने अवस्था नभएकोले सुरक्षा अपनाउन आग्रह गरेका हुन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो । ’ प्रचण्डको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस