प्रदेश प्रमुख औपचारिक रुपमा कार्यभार सम्हाल्दै,


काठमाडौं – राष्ट्रपतिबाट सपथ खाएपछि प्रदेश प्रमुखले औपचारिक रुपमा कार्यभार सम्हाल्दैछन् । ७ वटै प्रदेश प्रमुखले आज दिउंंसो चार बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ लिदैंछन् ।
    

 

सपथ लिइसकेपछि राष्ट्रपति भवनमै निर्वाचन आयोगले तयार पारेको प्रदेशसभा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझेर प्रदेश प्रमुखले औपचारिक रुपमा जिम्मेवारी लिनेछन् ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरिसकेको छ ।

 

 

प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र वितरणको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले  प्रतिवेदन आजै प्रदेश प्रमुखहरुलाई बुझाउंने बताउनुभयो । आयोगले प्रदेशसभाको चुनाव सम्बन्धी प्रतिवेदन सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउनु पर्ने व्यवस्था छ ।

 

 

सरकारले विहिवार प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुवंर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख वनाउने निर्णय गरेको थियो   ।

प्रतिक्रिया दिनुहोस
Advertisement