हेटौडा – नेकपा एमालेका नेता सानु श्रेष्ठ प्रदेश ३ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । एमाले अध्यक्ष ओली निकट नेताका रुपमा चिनिएका श्रेष्ठ काठमाडौंबाट दुई नम्बर क्षेत्रको क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
एमालेका अर्का नेता राजेन्द्रमान श्रेष्ठले सभामुखमा उम्मेदवारी दिने चर्चा चलेपनि अन्तिममा उनले उम्मेदवारी नदिएपछि श्रेष्ठ सभामुखमा निर्वाचित भएका हुन । राजेन्द्रमान माधव नेपाल समुहका नेता हुन ।
एमाले पोलिटब्यूरो सदस्य रहेका श्रेष्ठ मुख्यमन्त्रीको दावेदार थिए । तर, एमाले अध्यक्ष ओलीले डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा अघि बढाएपछि उनि सभामुखमा जान् राजी भएका हुन ।
प्रतिक्रिया