विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नागढुंगाबाट पक्राउ


काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो ।

प्रहरीले बुधबार बिहान कपनस्थित बिकको डेरामा छापा मारी प्रकान्ड नभेटीएपछी गोप्य सूचनाका आधारमा गिरफ्तार गरेको हो । २०७० पुसमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी) बाट अलग भएयता विप्लव नेतृत्वको नेकपाले अर्धभुमिगत रुपमा आफ्ना गतिविधि गर्दै आएको छ।

नेकपाले २०७० सालको संविधानसभा निर्वाचन र त्यसयताका स्थानीय र संसदीय निर्वाचनसमेत बहिष्कार गरेको थियो। गएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायतका घटना गराएको आरोप चन्द नेतृत्वको पार्टीमाथि लाग्दै आएको छ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । पक्राउ परेका प्रकाण्डलार्इ काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने जनाइएको छ ।
प्रहरीले बिकलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए । भने २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्री रहेका थिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मालाई मंगलबार काठमाडौंबाट गिरफ्तार गरिएको विरोधमा पार्टीले विभिन्न विरोधका कार्यक्रम ल्याएको छ ।

पार्टी महासचिव विप्लवको हस्ताक्षर भएको विज्ञप्तीमा भनिएको छ ‘प्रवक्ता प्रकाण्डलाई मंगलबार साँझ काठमाडौंको दक्षिणकालीबाट बिनाकारण गिरफ्तार गरेको छ । राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न र गिरफ्तार कमरेडहरुलाई बिनासर्त रिहा गर्न माग गर्दछ ।’

प्रहरीले प्रकाण्डलाई थानकोटबाट पक्राउ गरिएको जनाएपनि विप्लवले प्रकाण्डलाई दक्षिणकालीबाट गिरफ्तार गरिएको उल्लेख गरेका छन् । उनले गिरफ्तार नेताहरु रिहाइ नभए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छन् ।आफ्नो पार्टीले जनताको अपुरो राजनीतिक अधिकार पुरा गर्ने अभियानमा रहेको छ र अभियानलाई कुल्चने,दमन गरेर सिध्याउने दुःस्वप्न नदेख्न समेत उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement