मेडिकल कलेजबाटै विप्लवका छोरा प्रकाश पक्राउ


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको हो । चन्दसहित अन्य विद्यार्थीहरु पनि पक्राउ गरिएका छन् । केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत रहेका छन् ।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएकाे छ । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement