प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, अब भोलि बस्ने


काठमाण्डु – मंगलवार दिउँसो ३ बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

संघीय संसद् सचिवालयले बैठक भोलि बुधवार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जनाएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको शपथ ग्रहण कार्यक्रम आज अपराह्न ४ बजे भएकाले संसद् बैठक प्रभावित भएको जनाइएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा पनि दलहरू टुंगोमा पुगिसकेका छैनन् । मंगलवार बसेको सर्वदलीय बैठक छलफल नै नगरी स्थगित भएको छ ।

यसअघि भदौ ३ गते बस्ने गरी निर्धारित बैठक पनि सूचना टाँस गरेर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement