संसद्‌मा शाहीको प्रश्न : पूर्व प्रधानमन्त्री ठालुहरूलाई पक्राउ गरेर अनुसन्धान किन नगरेको ?


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई पक्राउ परेर अनुसन्धान किन नगरेको भनेर प्रश्न गरेका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘पूर्व प्रधानमन्त्री ठालुहरूलाई पक्राउ गरेर अनुसन्धान किन नगरेको ?’

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ठालु मालिकहरूको घरमा गएर ढोकामा म्याउ गरेर आएको भन्दै उनले व्यंग्य गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यू, अब यो देशमा कानून २ वटा बनाऊ, ठूला नेतालाई कानून नलाग्ने कानून बनाऔं ।’

सानालाई मात्रै कारवाही गर्ने र ठूलालाई छाड्ने हो भने अब संसदमा आवाज होइन, सडकमा संघर्ष हुने सांसद शाहीले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement