प्रतिनिधि सभाको बैठक माघमा ६ दिन बस्ने

प्रतिनिधि सभाको बैठक माघमा ६ दिन बस्ने


काठमाण्डु– प्रतिनिधि सभाको बैठक माघमा ६ दिन बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिले संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो ।

हिउँदे अधिवेशन १८ माघमा सुरु हुने तय भइसकेको छ । त्यसैको कार्यतालिका सार्वजनिक गर्नका लागि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माध महिनाभर ६ दिन बैठक बस्ने सम्भाविन कार्यतालिका बनाएको हो ।

सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपछि २२, २३, २४, २८,२९ र ३० माघमा बैठक बस्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।