प्रतिनिधिसभा बैठक जारी छ । बैठकको सुरुमै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सांसदप्रति जवाफदेही नभएको भन्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरुले प्लेकार्डसहित विरोध गरे ।
सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादाविपरीत नियमित गतिविधि गर्दै आएको भन्दै नियमावलीको व्यवस्था सम्झाउँदै चेतावनीपूर्ण रुलिङ गरे ।
त्यसपछि बोल्दै श्रम संस्कृतिका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह जननिर्वाचित संसदप्रति बफादार नभएर कसप्रति बफादार छन् भन्ने प्रश्न गरे ।




प्रतिक्रिया