परशुराममा चोरी, संकास्पद व्यक्तिबारे प्रहरीलाई जानकारी गराइयाे: अध्यक्ष विष्ट (अन्तर्वार्ता)


काठमाण्डु – डडेल्धुराको परशुराम नगरपालिकाको एक सहकारीमा चोरी भएको चार दिन बितिसक्दासमेत ठोस प्रमाण फेला परेको छैन ।

परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख २४ हजार ४ सय ९६ रकम चोरी भएको आज पाँच दिन भएको छ । तर, चोरीबारे ठोस प्रमाण भने फेला परेको छैन ।

गत शुक्रबारदेखि कार्यालय बन्द रहेको थियो । आइतबार बिहान कार्यालय खोल्दा सहकारीकाे कार्यालयबाट ११ लाख २४ हजार ४ सय ९६ रकम चोरी भएको पाइएको हो । कार्यालय पछाडी पट्टीको झ्याल फोडेर चोर कार्यालयभित्र पसेको हो ।

चोरले कार्यालयभित्र पैसा राखिएको सेबबोल्डको चाबीसमेत लगेकाे छ । सेब बोल्डको लक चाबीले खोलेर चोरले ११ लाख २४ हजार ४ सय ९६ रकम लगेर फरार भएको छ । कर्मचारीहरुको लापरबाहीका कारण चोरी भएको देखिन्छ । ११ लाख भन्दा बढी रकम बैंकमा राख्नुभन्दा पनि सहकारीको कार्यालयभित्रै राखिएको थियो । त्यसैमा त्यति ठूलो रकम राखेको सेब बोल्डको चाबी चोरले कसरी पायो भन्ने प्रश्न उब्जिएकाे छ ।

शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष विरेन्द्र विष्टले आफू चोर पत्ता लाग्नेमा ढुक्क भएको बताउँछन्। उनले आफूहरुलाई शंका लागेको ब्यक्तिबारे प्रहरी प्रशासनलाई जानकारी गराएको बताए ।

सहकारीको कार्यलयबाट कसको लापरबाहीका कारण चोरी भयो ? लगायतका विषयमा केन्द्रित रहेर काठमाण्डुपाटी डटकमका लागि टक खातीले अध्यक्ष विष्टसँग गरेको कुराकानी:

सहकारीको कार्यालयमा एकजना पनि सुरक्षा गाड छैन् । अघिल्लो वर्षपनि चोरीको प्रयास भएको थियो । किन कार्यालयभित्र त्यति ठूलो रकम राख्नुभएको । बैंकमा रकम जम्मा गर्न सक्नुभएन ?

अब हामीले १, २ र ३ नम्बर गरेर टाढाका सदस्यहरुलाई मध्यनजर गरेर चार बजेसम्म कारोबार गर्ने गरेका छौँ ।

हामीले रकम बैंकमा नै जम्मा गर्छौँ । तर, त्यो दिन ऋणी सदस्य पनि आएनन् । तीन जना सदस्यहरु मध्ये एक जनाको लगानी भएको रहेछ । अर्काकाे कागज बिर्गेर फर्किनु भएको रहेछ र एक जना नआनुभएको रहेछ । त्यसैले शुक्रवार बैँक बन्द भइसकेको हुनाले बचत गर्न भ्याएनौ।

पैसा राखिएको सेब बोल्डको चाबी चोरले कसरी पायो ?

त्यो चाबी प्रबन्धक र सहप्रबन्धनको जिम्मा छ ।

तिनीहरुको जिम्मा त दिनुभयो । तर, ११ लाख भन्दा बढी रकम राखिएको सेब बोल्डको चाबी किन लापरबाहीका साथ फालेकाे ?

सेब बोल्डको चाबी खोलेको हो, या बोल्डको प्वालहरु रिम गरेको जस्तो देखिएको छ । अब चाबी नै भेटाएको हो भन्नेबारे पनि खुलेको छैन । त्यत्तिकै कसरी सेब बोल्ड खुल्यो भन्ने पनि संकास्पद छ । फेरी चाबी उनीहरुसँगै सुरक्षीत पनि छ ।

चाबी सेब बोल्ड नजिकै फेला पर्यो भन्ने छ । अनि सेब बोल्डबाट सहजै पैसा निकालिएको छ नी ?

त्यसो होइन सर सेब बोल्डको मेन चाबी होइन । गोलकहरुको चाबी चाही त्यहाँ फेला परेको छ ।

चोरी भएको खबर थाहा पाएपछि कार्यालयभित्र चार जना भन्दा बढी सेयर सदस्य पुगेका थिए । ती मध्ये एकजना सेयर सदस्यले सेबबोल्ड नजिकै चाबी भेटिएको थियो भन्नु भएको छ । अहिले आएर आफ्नो गल्ती ढाक छोप गर्न किन झुटो बोल्नुहुन्छ ?

म झुटो बोलेको होइन । सेब बोल्डको मेन चाबी भेटाइएको छैन । तर, भित्र फालेको चाबी हो त्यहाँ फेला परेको ।

चोरीको घटनाले सहकारी संस्थामाथि सर्वसधारणले गरेको विश्वास गुमेको छ ? चारदिन वितिसक्दा समेत केही प्रमाण फेला परेको छैन । चोर पत्ता लाग्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

अब अलि केही सुइकाे पाए जस्तो पनि छ । धेरै नभए नि २५ प्रतिशत हामीले प्रमाण फेला पारेका छौँ । जुन मान्छेमाथि शंका गरेका छौँ त्यसबारे हामीले प्रशासनलाई जानकारी गराइ सकेका छौँ ।

प्रतिक्रिया दिनुहोस
Advertisement