परशुराममा फेरि माओवादीको बदमासी, पार्टीको बैठकमा सरकारी गाडीको दुरुपयोग


टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा सरकारी गाडिको दुरुपयोग गरिएको छ । बिहीबार माओवादी केन्द्रका नगर अध्यक्ष शेरसिंह माल डायमन्डको अध्यक्षमा जोगबुढास्थित रगं मैदानमा माओवादीको बैठक बसेको थियो ।

घर-घरमा माओवादी बिशेष रूपान्तरण अभियानको समिक्षा गर्न बैठक बसेको हो । तर, उक्त बैठकमा नेकपा माओवादीबाट निर्वाचित वडाअध्यक्षहरुले सरकारी गाडी लगेको तस्बीरमा देख्नसकिन्छ ।

पार्टीको बैठकमा सरकारी गाडीको दुरुपयोग भएको तस्वीर सामाजिक सञ्जालमा यती बेला भाइरल भइरेहेको छ । सामाजिक सञ्जालमा सरकारी गाडीको दुरुपयोग भयो भन्दै आलोचना भइरहेको छ ।

यसभन्दा अघि पनि नेकपा माओवादी केन्द्र परशुरामले पार्टीको भेला विद्यालयमा गरेपछि चौतर्फी आलोचना भएको थियो । संगठन विस्तारका लागि तीन महिने अभियान अन्तर्गत माओवादी केन्द्रले परशुराम-३ मा रहेको भागेश्वर माध्यमिक विदयालयमा खुलेआम पार्टीको कार्यक्रम गरेको थियो ।

नियम विपरित विद्यालयमा कार्यक्रम गरेपछि परशुराम नगरपालिकाले उक्त विद्यालयका प्रध्यानाध्यापकलाई के कति कारणले पार्टीलाई कार्यक्रम गर्न दिएको हो ? भन्दै स्पष्टिकरणसमेत सोधेको थियो ।

यो पनि पढ्नुहोस्, परशुराममा माओवादीको बदमासीः नियम विपरित विद्यालयमा खुलेआम पार्टीको कार्यक्रम!

प्रतिक्रिया दिनुहोस
Advertisement