राजदूतमा सिफारिस तीन जनाको नाम अनुमोदन


काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबारको बैठकमा राजदूतमा सिफारिस तीन जनाको सुनुवाइपछि नाम अनुमोदन भएको हो ।

समितिले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद भट्टराईको नाम अनुमोदन गरेको हो।  अब राजदूत सिफारिस गर्दा समावेशी रूपमा नगरेकोमा सरकारलाई सचेत गराउने र आगामी दिनमा सिफारिस गर्दा समावेशी रूपमा गर्न निर्देशसमेत दिएको छ। उक्त विषयमा समितिले परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वीट्जरल्यान्डबाट फर्किएपछि समितिमा बोलाएर छलफल गर्ने निर्णय भएको सभापति लक्ष्मण लालकर्णले जानकारी दिए। यसअघि गणेशप्रसाद ढकाल थाइल्यान्ड र दीपक अधिकारी फ्रान्सका लागि राजदूतमा अनुमोदित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement