पार्टी एकताको भोलिपल्ट चिनियां मन्त्री र प्रचण्डबीच भेटवार्ता


काठमाडौं – चिनियां कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका नवनियुक्त अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बिहान भएको भेटघामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालकाबीच आपसी सहयोगका बारेमा छलफल भएको थियो ।

भेटका अवसरमा उहांले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्)बीच पार्टी एकताका लागि ७ बुंदे सहमतिका बारेमा जिज्ञासा राख्नु भएको थियो ।
अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए । प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउंदै यो नेपाली इतिहासमा दूरगामी परिघटना समेत भएको बताए ।

चिनियां उपमन्त्रीले दुई पार्टी एकीकरणको यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताउनुभयो । चीन सरकारसंग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउंदै उहांले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement