पार्टी एकताबारे प्रचण्डले भने ‘विग्रेको छैन्, बरु छिट्टै निष्कर्शमा पुग्ने देखेको छु’

पार्टी एकताबारे प्रचण्डले भने ‘विग्रेको छैन्, बरु छिट्टै निष्कर्शमा पुग्ने देखेको छु’


चितवन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता दुई तीन दिनभित्रै टुंगोमा पुग्ने दाबी गरेका छन् । चितवनको भरतपुरमा आईतबार प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घघाटनपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले पार्टी एकीकरण छिट्टै टुंगिने बताएका हुन ।

पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा राष्ट्र र जनताको आवश्यकता अनुसार जस्तोसुकै निर्णय लिन सक्ने दोहोर्याएका छन् । उनले आफ्नो अभिव्यक्ति समग्रतामा भनेको दाबी गर्दै अहिले नै अर्को अर्थ नलगाउन समेत आग्रह गरेका छन् ।

दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने, ‘म काठमाण्डु गएपछि कुराकानी हुन्छ, मेरो चाहाना छ दुई तीन दिन भित्र टुंगियोस्, यो कुरा नलम्बियोस् भन्नेमा छु ।’