पार्टी एकतालाई अन्तिम रुप दिन बालुवाटारमा शिर्ष नेताको बैठक सुरु


काठमाडौं–नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको विषयमा अन्तिम बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा दुवै पार्टीका शिर्ष नेताहरु सहभागी छन् । बैठकमा एमालेबाट अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, सुभाष नेम्वाङ र माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आईतबार सांझ पार्टी एकता र सरकारको विषयमा सहमती बनेपछि आज संयोजन समितीको बैठक बसेको हो । आजको बैठकमा दुवै नेताबीच भएको सहमतीको खाकालाई अन्तिम रुप दिने तयारी छ ।संयोजन समितीको बैठकमा शिर्ष नेताको खाकामाथी छलफल भएपछि आजै सहमतीमा हस्ताक्षर हुने स्रोतको दाबी छ ।

दुवै अध्यक्षबीच पार्टी एकिकरणको लागी बाधक बनेको नयां पार्टीको मार्गदर्शक सिद्धान्त एमालेको जवज र माओवादीको २१ औं शताव्दीको जनवाद दुबैलाई पार्टीका तल्लो तहमा छलफलमा लिने र एकता महाधिवेशनबाट समाजवाद उन्मुख नयां मार्गदर्शक सिद्धान्तको विकास गर्ने गरि सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement