पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा

पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा- पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ। धुञ्चे-स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक भासिदा राजमार्ग आवरुद्ध भएको थियो।

राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ। ती कन्टेनरमा स्याउ रहेका छन् ।

पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए। रासस