पशुपतिको जग्गा कौडीको भाउमा


काठमाडौँ – सरकारले उचित व्यवस्थापन गर्न नसक्दा पशुपति क्षेत्र विकास कोषको १८ हजार ३ सय ८५ रोपनीभन्दा बढी जग्गा विभिन्न निकायलाई कौडीका भाउमा भाडामा दिइएको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले उक्त जग्गाको अध्ययन सुरु गरेको छ ।

पशुपति क्षेत्र विकासले तयार पारेको प्रतिवेदनलाई ल्याएर उक्त जग्गाका बारेमा अध्ययन गर्न थालिएको जानकारी आयोगका सदस्य जगत देउजाले दिए । ‘कति भाडामा छ, कति अतिक्रमण भएको छ, सबै कुरा अध्ययन गर्दैछौं’ उनले भने । भाडामा दिएको बाहेकको जग्गापनि कोषले व्यवस्थापन तथा संरक्षण गर्न सकेको छैन ।

यसरी वर्षौदेखि लथालिंग तथा लागतसमेत नभएको उक्त जग्गा पछिल्लोपटक कोषले तथ्यांक संकलन गरेर प्रतिवेदन तयार पारेको छ । वर्षौंदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ सय ६१ रोपनी जमिन भाडामा प्रयोग गर्दै आएको छ । विमानस्थलले ९९ वर्षका लागि लागि भाडा लिएको छ । २०७४ देखि कोषलाई वार्षिक करिब एक करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement