पशुपतिमा दाउराबाट शव जलाउने मेसिन जडान, एउटा शव डेढ घण्टामै जलिसक्ने


काठमाण्डु – पशुपतिनाथको आर्यघाटमा दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिन जडान गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले उक्त मेसिन जडान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति मन्दिर परिसरमा स्थापना गरिएको सो वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् ।

पशुपति शवदाह गृहमा विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ । उक्त मेसिनबाट एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र समय लाग्नेछ । आर्यघाटमा यसअघिको विद्युतीय शवदाह गृह पनि सन्चालनमा छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement