काठमाण्डु– भारत जालन्धरको ‘द चर्च अफ ग्लोरी एन्ड विजडम’का संस्थापक पास्टर बजिन्दर सिंहलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
मोहाली अदालतले बलात्कार मुद्दामा सिंहलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
सन् २०१८ मा जिरकपुरकी एक महिलाले बजिन्दर सिंहसहित ६ जनाविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्।
अदालतले सिंहबाहेक बाँकी ५ अभियुक्तलाई भने सफाइ दिएको भारतियसञ्चार माध्यमले जनाएका छन् ।
स्टर बजिन्दरलाई जुलाई २०१८ देखि जेलमा थिए। उनलाई त्यसबेला दिल्ली एयरपोर्टमा लन्डनको उडानमा चढ्ने प्रयास गर्दा पक्राउ गरिएको थियो।
प्रतिक्रिया