यस्ता छन् परराष्ट्रमन्त्री डा. पौडेलका तीन प्राथमिकता


काठमाण्डु- नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले मंगलबार पदभार ग्रहण गरेकी छन् । सपथग्रहण लगत्तै मन्त्रालय पुगरे उनले पदभार ग्रहण गरेकी हुन् ।पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले आफ्ना तीन प्राथमिकताहरु सुनाएकी छन् ।

जसअनुसार पौडेलले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् । त्यस्तै उनले आफ्नो दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने दावी गरिन् ।

यस्तै नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने मन्त्री पौडेलको तेस्रो प्राथमिकतामा रहेको छ । नेकपा एमालेले राष्ट्रियसभा सदस्य डा.पौडेललाई परराष्ट्रमन्त्री बनाएको हो । डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement