पलविरुद्ध अदालतको आदेशः बलात्कार गरेको प्रमाणित हुने यस्ता छन् आधार (पूर्णपाठ)


काठमाण्डु – जिल्ला अदालत तनहुँले बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रतिवादीद्वय पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । जोशीसँग भने लाख रुपैयाँ धरौटी मागिएको छ ।

अभिनेता शाहले नाबालिगलाई बलात्कार गरेको तथ्य मिल्न आएको अदालतको आदेशमा भनिएको छ । ‘उनले बयानमा इन्कार गरे पनि राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको पाइयो’, आदेशमा भनिएको छ ।

त्यस्तै एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन नसकेको आदेशमा उल्लेख छ । ‘यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न, भिड्न आएको देखियो,’ आदेशमा उल्लेख छ ।

यस्तो छ पलविरुद्ध अदालतको आदेश :

प्रतिक्रिया दिनुहोस
Advertisement