घरबाट बाहिर निस्कनै छोडे फुटबल खेलाडी पेले


एजेन्सी – फुटबलको क्षेत्रमा कुनै समय ठूलै ख्याती कमाएका पेले घरबाट बाहिरै निस्कन छोडेका छन् । आफु एक्लै उभिन नसक्ने भएकाले उनी घरबाट बाहिर निक्लन छोडेको उनका छोराले बताएका छन् ।

तीन पटकका विश्व कप विजेतालाई अनन्तकालसम्मको उत्कृष्ट खेलाडी मानिएका उनलाई २०१५ मा पिसाव सम्बधि संक्रमणका कारण स्वास्थ्य केन्द्रमा लगिएको थियो । ७९ वर्षीय पेलेलाई वास्तवमै ‘हिप’ (नितम्ब) सम्बन्धि समस्या देखिएको र हाल उनलाई उभ्याउनका लागि पनि सहयोगको आवश्यकता देखिएको उनका छोरा इडिनहेले बताएको ग्लोबो टेलिभिजनले उल्लेख गरेको छ ।

विगत केही वर्षदेखि वास्तवमै उनको स्वास्थ्यमा समस्या देखिदै आएको छ र २०१५ मा प्रोस्टेट सर्जिकल उपचार गरिएको थियो । “कल्पना गर्नुस, कुनै समयका दिग्गज आज राम्रोसँग पनि हिड्न सक्दैनन्,” इडिनहेले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement