प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठद्धारा न्यायपालिका सुधारको अवधारणा पेश


काठमाण्डु- प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । यसैबीच संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो योजना लिखित रुपमा पेश गरेका छन् ।

‘नेपालको संविधानले न्यायपालिका सम्बन्धमा गरेको व्यवस्था, यसलाई प्रदान गरेको जिम्मेवारी र अपेक्षित भूमिकाको आलोकमा न्यायपालिकाको सुधारसम्बन्धी मेरो भावी कार्यदिशा र कार्ययोजना तय हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।’, उनले पेश गरेको योजनामा भनिएको छ ।

न्यायपालिकाको समग्र सुधारसम्बन्धी नीतिगत दस्ताबेज र व्यवस्थापकीय औजारको रूपमा न्यायपालिकाको मूल रणनीतिक योजना रहने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement