पेशावरको मदरसामा बम विस्फोट हँदा ७ को मृत्यु,७० घाइते


पेशावर – पाकिस्तानको पेशावरस्थित एक धार्मिक स्कुल मदरसामा  बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । उक्त विष्फोटमा ७० भन्दा धेरै घाइते भएका छन्।

स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् । मारिने अधिकांश बालबालिकाहरु रहेको बताइएको छ ।

घाइतेहरुको संख्या ७० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरै घाइतेहरुको अवस्था गम्भीर छ । पाकिस्तानका प्रहरी प्रमुख डाक्टर सनाउल्लाह अब्बासीले घटना पुष्टि गर्दै त्यहाँ टाइम बम राखेको हुनसक्ने बताएका छन्। त्यसबारे अनसन्धान भइरहेको उनले बताएको पाकिस्तानी सञ्चारमाध्यमले बताएका छन् ।

पाख्तूनख्वाका प्रदेशका स्वास्थ्य एवं अर्थमन्त्री तमूर खान जाग्राले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement