पेट्रोलको भाउ एक रुपैयाँले घट्यो, लिटरको कति?


काठमाडौं—आयल निगमले प्रतिलिटर पेट्रोलको भाउ घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको निगमले जनाएको छ।

निगमका उपनिर्देशक विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १० रुपैयाँ कायम गरिएको छ। डिजेल,मट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement