पेट्रोलियम पदार्थको मूल्य नघट्ने


काठमाण्डु- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ ।  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले तत्काल नघटाउने भएको हो ।

नाफा नरहेको भन्दै निगमले भारतबाट मूल्य घटेर आएपनि तत्काल मूल्य नघटाउने जनाइएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले भने मूल्य समायोजन गरेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement