श्रीलङ्काले इन्धनको मूल्य घटायो


कोलम्बो – श्रीलङ्काको सरकारी स्वामित्वको लिट्रो ग्यास लङ्काले मंलबार मध्यरातदेखि लागू हुने गरी घरेलु तरल पेट्रोलियम (एलपी) ग्यास सिलिन्डरको मूल्य घटाएको छ । विश्वव्यापी मूल्य कटौतीलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

कुल १२.५ किलो तौलको घरेलु ग्यासको मूल्य १ हजार ५ रुपैयाँले घटेको र परिमार्जित मूल्य अहिले ३ हजार ७ सय ३८ रुपैयाँ रहेको लिट्रो ग्यासका अध्यक्ष मुदिथा पेरिसले जानकारी दिएका छन् ।

यसै गरी ५ किलोको सिलिन्डरको मूल्य ४ सय २ रुपैयाँले घटाएर १ हजार ५०२ रुपैयाँ र २.३ किलोको सिलिन्डरको मूल्य १८३ रुपैयाँले घटेर ७ सय रुपैयाँ पुगेको छ । यसैबीच देशको अर्को प्रमुख ग्यास आपूर्तिकर्ता कम्पनीले पनि घरेलु ग्यास सिलिन्डरको मूल्य घटाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement