फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?


काठमाण्डु – सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । यसअघि मूल्य वृद्धिको चर्काे विरोध हुँदा मूल्य घटाएको नेपाल आयल निगमले पुनः मूल्य वृद्धि गरेको हो ।

आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) १९० रुपैयाँ पुगेको छ ।

रसिया–युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका माझ पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट तारिख १ जुलाई, २०२२ (असार १७,२०७९) मा प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने देखिएको निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement