विमान दुर्घटना अपडेट : मृतकका शव त्रिवि शिक्षण अस्पतालमा

विमान दुर्घटना अपडेट : मृतकका शव त्रिवि शिक्षण अस्पतालमा

क्याप्टेनको उपचार केएमसीमा जारी


काठमाण्डु-सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएकाहरूको शब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

दुर्घटनामा परेको जहाजबाट १९ जनाको शव निकालिएको छ भने क्याप्टेन मनिश शाक्यको सकुशल उद्धार भएको छ ।

शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
उनले सङ्कलित ती शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको बताए ।

विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । शाक्यको आँखामा चोट लागेको छ ।