हाम्रा पर्वहरूले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरुन् : प्रभु साह

हाम्रा पर्वहरूले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरुन् : प्रभु साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्न सकोस भनेर कामना गरेका छन् ।

चाडपर्वविशेष भिडिओ सन्देश जारी गर्दै अध्यक्ष साहले यस्तो कामना गरेका हुन् । उनले अहिले देशमा छदमभेषी माहौल रहेको बताए । उनले भने,“सत्य दवेको छ र असत्य हावी छ । भ्रष्टहरूले सुशासनको मुकुण्डो लगाएका छन, दलालहरू राष्ट्रियताको पाठ पढाईरहेका छन र विध्वंस मचाउनेहरू बिकासका कुरा गरिरहेकाछन । यस्तो भ्रमपूर्ण अवस्थामा यी महान पर्वहरूले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरुन् । र देश सुख, शान्ति र समृद्धिको मार्गमा अग्रसर होस भन्ने हार्दिक शुभकमाना व्यक्त गर्दछु । तपाईं सबैको मनोकामना पूरा होस पुनः मंगलमय शुभकामना । धन्यवाद !”

अध्यक्ष साहले दिपावली आँफैमा उज्यालोको पर्व भएकोले सबै नेपाललाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गर्दै सिंगो देश उज्यालोको बाटोमा अगाडि बढिराखोस भनेका छन् । सन्देशमा साहले भनेका छन्– “हाम्रो महान पर्व शुभ दिपावली, तिहार, नेपाल सम्वत् ११४७ तथा छठ पवनीको पावन अवसरमा म सर्वप्रथम यहाँहरू सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । प्रकाशको महापर्व शुभ दिपावलीले हरेक नेपालीलाई अन्धकारविरुद्ध लड्ने शक्ति प्रदान गरोस् र सिंगो देश उज्यालोको बाटोमा अगाड़ी बढÞिराखोस भन्ने कामना गर्दछु ।”

यस्तै, उनले नेपाल सम्वतलाई मानवता र परोपकारको गौरवशाली इतिहास बोकेको पर्वको रुपमा उल्लेख गर्दै यस पर्वले पुरै विश्वलाई सधैं मानव कल्याणको बाटो देखाईरहोस भन्ने शुभेच्छासहित यसका प्रणेता शङ्खधर साख्वाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन् । यस्तै, आस्थाको महापर्व छठले प्रकृतिप्रतिको आफूहरुको उच्च सम्मानलाई स्थापित गरेको उल्लेख गर्दै साहले आरोग्यकी देवी छठीमाताले समाजलाई सधैं सत्य, शांति र सद्भाव कायम गर्ने शक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।