रूसी विमान दुर्घटना, चालक दलका सदस्यसहित ७१ जनाकाे अवस्था अज्ञात


काठमाडौं (एजेन्सी)– रुसी विमान दुर्घटनामा परेको छ।

मस्कोस्थित एक विमानस्थलबाट युरल्सका लागि उडेको सारातोफ एयरलायन्सको एएन १४८ क्षेत्रीय विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विमान राडार संकेतबाट हराएलगत्तै दुर्घटना भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा यात्रु र चालकदलका सदस्य गरी ७१ जना सवार रहेका थिए।

आपतकालीन सेवाका सूत्रहरूले रूसी समाचार संस्थाहरूलाई जनाएअनुसार मानिसहरूलाई ुजीवितै फेला पार्ने कुनै सम्भावना छैन।’

रुस विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वी क्षेत्रस्थित आर्गुनोभोमा विमान खसेको हुन सक्ने ठानिएको छ।

अर्को समाचार संस्थाका अनुसार डेमडइयड्भ विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement