बालुवाटारमा प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता


काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो ।

दुई नेताबीचको भेटवार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको जनाइएको छ । प्रचण्ड र विप्लवबीच भेट वार्ताको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल,।

प्रतिक्रिया दिनुहोस
Advertisement