छुट्टिएका माओवादीबीच एकता हुँदैछः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेला एकै ठाउँ भएका र शान्ति प्रक्रियापछि सत्ता आरोहणका क्रममा तत्कालीन माओवादीबाट टुक्रिएकाबीच पुनः एकताको पहल भइरहेको बताएका छन्।

शनिबार पोखरामा पार्टी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले एकताका लागि पूर्वमाओवादी शक्तिबीच अन्तिम वार्ता भइरहेको बताएका हुन् ।

माओवादी कमजोर भए अहिलेसम्मका परिवर्तन बिथोलिन हुँदा पूर्वमाओवादीबीच एकता गरिहाल्नुपर्ने पर्ने उनले दावी गरे । ‘माओवादी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डंगुर थुपारेकाले त्यसलाई सफा नगरी देश बन्न सक्ने अवस्था छैन। सबै माओवादी मिलेर प्रतिक्रियावादीलाई जवाफ दिन सक्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement