सीता दाहाललाई श्रद्धाञ्जली, दुई छोरी सम्हाल्दै भक्कानिए प्रचण्ड


काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाए । सो क्रममा प्रचण्डका आँखाबाट आसु झरिरहेको थियो । जीवनसाथी सीताको पार्थिव शरीरमा पुष्प अर्पण गर्दा भक्कानिएपछि प्रचण्डसँगै छोरी रेनु र गंगा रुदैँ थिए ।

शोकसभामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायतले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement