सीतालाई सम्झँदै प्रचण्डले भने- मृत्यु पनि निकै शान्त रोजिन्


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीताले मृत्यु पनि निकै शान्त रोजेको बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफ्नो जीवनसहयात्री भएर सीताले दिएको साथ र योगदानको प्रशंसा गरे । उनले आफ्नो कठिन विगतमा हाँस्दै साथ दिएकी सीताले बाचुञ्जेल पनि आफूलाई कहिल्दै दुस्ख नदिएको र मर्दापनि दुःख नदिई बिदाई भएको बताए । ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८ः३० मा उनी बिदा भइन् ।’, प्रधानमन्त्री प्रचण्डले भने ।

गत असार २७ गते उपचारका क्रममा काठमाण्डु नर्भिक अस्पतालमा निधन भएकी उनको आज सातौँ दिनको अवसरमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको उक्त सभामा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेता डा. बाबुराम भट्टराई, झलनाथ खनाल, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement