केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदन पेश


काठमाण्डु- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश भएको छ । आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि पेश गरिएको हो ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आगामी मंसिरमा विधान सम्मेलन गर्ने र पार्टीलाई सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने उल्लेख छ । ‘जनतासँग पार्टी अभियान’ अन्तर्गत भदौदेखि कात्तिकसम्म माओवादीले अभियान चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement