संसदको गतिरोधबारे प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति पौडेलको चासो


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह शीतल निवासमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement