मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन निर्देशन दिएको छु : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिना महिनामा मन्त्रीहरुलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको बताएका छन् ।

चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताएका हुन् ।

त्यस्तै उनले बुढिगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement