श्रम गन्तव्य मुलुकका राजदूत र कुटनीतिक नियोगका प्रमुखसँग छलफल


काठमाण्डु-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम गन्तव्य देशका राजदूत र कुटनीतिक नियोग प्रमुखसँग छलफल गरेका छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने विषयमा विभिन्न देशका राजदूत र १३ देशमा क्रियाशील कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उनीहरुसँग वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने कामबारे छलफल गरेका थिए ।

छलफलमा नेपाली राजदूतहरू, अष्ट्रिया भरत गौतम, ओमान डोरनाथ अर्याल, संयुक्त अरब इमिरेट्स् तेजबहादुर क्षेत्री, जर्मनी रामकाजी खड्का, जापान दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरिया ज्योति प्याकुरेल, मलेसिया डिल्लीराज पौडेल, कतार नरेशविक्रम ढकाल, बहराइन तीर्थराज वाग्ले, पाकिस्तान तापस अधिकारी, कुवेत घनश्याम लम्साल, साउदी अरेयिबा नवराज सुवेदी लगायतले विदेशमा रहेका नेपाली कामदारहरूको अवस्था र त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरूबारे आफ्नो रिपोर्टसहितको धारणा राखेका थिए ।

त्यस्तै प्रधानमन्त्री दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरू छलफलमा सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement