प्रधानमन्त्री ओलीसँग म्यानमारका राष्ट्रपति र भुटानी सरकार प्रमुखको छुट्टाछुट्टै भेटवार्ता


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका राष्ट्रपति विन मिन्टबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा उनीहरुबीच बिहीबार राजधानीमा वार्ता भएको हो ।

बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा राष्ट्रपति विन नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबारदेखि काठमाडौंमा छन्।

भेटका अवसरमा उनीहरुबीच नेपाल–म्यानमार सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश छिरिङ वाङचुकबीच द्विपक्षीय भेटवार्ता भएको छ।उनी मंगलबार बिहान काठमाडौँ आएका हुन्।

भेटका अवसरमा उनीहरुबीच नेपाल–भुटान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement