सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुख अर्यालको रुलिङ

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुख अर्यालको रुलिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

आजको बैठकमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।

सभामुख अर्यालले भने ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्मानीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’