प्रधानमन्त्रीलाई शेखरको सुझावः नैतिकताका आधारमा राजीनामा दिनुस्


काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेता कोइरालाले  सरकार एकपछि अर्को काण्डमा परिरहेका भन्दै नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

नेता कोइरालाले ओलीसँगको भेटमा नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले प्रतिपक्षको दलको एउटा नेताको रुपमा त्यो आवाज उठाएकोमा आफ्नो कुनै गुनासो नभएको बताएका कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । ‘प्रतिपक्षको नेताको धर्म हो, त्यसमा मेरो कुनै गुनासो छैन,’ ओलीले भनेका थिए ।

पछिल्ला समयमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन काण्ड, संविधान संशोधन विवाद, पार्टीभित्रको विवाद र अन्य अनियमितताका विषयहरु बाहिर आइरहँदा प्रधानमन्त्रीले राजीनामा दिनु राम्रो हुने कोइरालाले सुझाव दिएको थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement