प्रधानमन्त्रीमाथी खनिए गगन थापा, उपदेश दिन छोडेर काम गर्न सुझाव


काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । थापाले प्रधानमन्त्री ओलीकै कारण संघीयता धरापमा परेको आरोप लगाए ।

संघीय संसदमा मंगलबार बोल्दै सांसद थापाले प्रधानमन्त्री ओली संघीयता विरोधी देखिएको भन्दै उनले त्यसको चर्को आलोचना गरेका हुन् । उनले संघीयता असफल भए प्रधानमन्त्री ओली समेत असफल हुने दाबी गरे ।

उनले प्रधानमन्त्री ओली प्रदेशमा गएर भाषण गरेकोप्रती समेत असन्तुष्टी जनाए । सांसद थापाले भने ‘प्रधानमन्त्रीजी प्रदेशमा डुलेर समय खेर नफाल्नुहोस् बरु देशका लागी केही राम्रो काम गरेर देखाउनुहोस । ’

उनले अन्र्तवार्तामा उपेदेश दिन र रोइलो गर्न छोडन् पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement