प्रधानमन्त्री ओली सामान्य अवस्थामा आउन १ वर्षसम्म लाग्न सक्ने

प्रधानमन्त्री ओली सामान्य अवस्थामा आउन १ वर्षसम्म लाग्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएकी हुन्।

उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. शाहले भनिन्, ‘उमेर र दोस्रो प्रत्यारोपणले उहाँ ९प्रधानमन्त्री०लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ। ६ महिनादेखि १ वर्षमा प्रधानमन्त्रीले सामान्य जीवन बिताउन सक्नुहुन्छ।’ यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।